२३ मंसिर २०८२, सोमबार । December 8, 2025

दुर्घटनाका घाइतेको तत्काल उद्धार गरी उपचार गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिए । गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिएका छन् ।

घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न र स्रोतसाधनको कमी भएमा मन्त्रालयमा लेखी पठाउन मन्त्री खाणले निर्देशन दिएको प्रजिअ पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार मंगलबार साँझ बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना परेको थियो । सो दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

घाइतेको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको