४ आश्विन २०८३, आइतबार । September 20, 2026

मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनिलाई


२७ मंसिर २०७९, मंगलबार  

12
Shares

एजेन्सी । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले हात पारेको छ ।

जर्मनकी २२ वर्षीया प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको ताज जित्न सफल भएकी हुन् । जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भएका छन् । मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो ।

राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्‍याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरे । जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए । उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्वीमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गरे ।

नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् । इभिनिङ गाउन, स्वीमसुट र अन्यक्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेको छ्रैन् । यसपटक नेपालले हिमाली चरा मुनालबाट प्रभावित भएर नेसनल कस्ट्युम डिजाइन गरेको थियो । भिडियो प्रस्तुतिमा भने नेपालले बालबालिकाको शिक्षादेखि मानसिक स्वास्थ्यको मुद्दालाई प्रस्तुत गरेको थियो ।

तीन जना मिस नेपालमध्ये अब विश्व सुन्दरी प्रतियोगिता मात्र हुन बाँकी छ । मिस अर्थ र मिस इन्टरनेसनल इभेन्ट सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली