१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

कानून निर्माण गर्न सरकारबाटै चुनौति भएको सांसदहरुको गुनासो



काठमाडौं । सांसदहरुले संसदमा कानून निर्माण गर्ने कुरामा सरकारबाट नै चुनौति रहेको बताएका छन् ।

मंगलवार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै सांसदहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा संविधान नमान्ने गरेको पनि उनीहरुको आरोप छ । कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले संसदमा कानून बनाउने विषयमा सांसदहरुलाई सरकारले नै समस्या पार्ने गरेको बताए ।

उनले पछिल्लो समय संसद छलेर सबै दलका सरकारले अध्यादेश ल्याउनु गलत भएको बताए । संविधान जारी भएपछि संविधान कार्यान्वयन गर्ने मानव अधिकार सम्बन्धि विधेयकहरु समेत संसदमा छलफलनै नभई पास भएको पन्तको भनाई छ । उनले मानव अधिकार सम्बन्धि विधेयकमा सांसदहरुले संशोधन हाल्दा समेत बहुमतको आधारमा विधेयक पास भएको बताए । त्यस्तै राष्ट्रिय सभा सांसद अनिता देवकोटाले संसद छलेर सरकारले अध्यादेश ल्याउँदा मुलुकलाई राम्रो नगर्ने बताईन् ।

उनले संसदमा विभिन्न विद्येयकहरुमा छलफल गर्नुभन्दा अगाडि नागरिकहरु बीचमा छलफल गर्ने काम नभएको बताइन् । उनले विधेयक तयार बनाउने समयमा नै कस्तो विधेयक आवश्यक हो भनेर छलफल गर्न आवश्यक रहेको औल्याईन् । त्यस्तै अर्का सांसद बद्री पाण्डेले सांसद हुँदा संसदमा देशको हीतमा बनाएका कामको बारेमा जनतालाई जानकारी दिन जरुरी रहेको धारण व्याक्त गरे ।

उनले संसदमा अनुभवी र अनुभव प्राप्त व्यक्तिहरु जानु आवश्यक रहेको बताए । उनले सांसदहरुलाई विधेयकको रुपमा कानून बनाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ६ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по

Книга Стива Нисона «Японские свечи» грандиозный прорыв

Японские свечи Грегори Моррис скачать книгу бесплатно Третья из гор,

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो