२२ माघ २०८२, बुधबार । February 4, 2026

दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकमा गाडी रोकिने



चितवन । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ ।

सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामका लागि गाडी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुवाहक बस, मिनी, माइक्रो बस, साना गाडीलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालवाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी गाडीलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १० बजेर ५० मिनेटदेखि रोकिने छ ।

काठमाण्डाैतर्फबाट आउने यात्रुवाहक गाडीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक गाडीलाई बेनीटारदेखि पावर हाउससम्म बिहान १० बजेर ५५ मिनेटदेखि रोकिने भएको छ । यस्तै काठमाण्डाैतर्फबाट आउने मालवाहक गाडीलाई लेबाटारमा र पोखरातर्फबाट आउने मालवाहक गाडीलाई आँबुखैरहनीमा बिहान १० बजेर ४५ मिनेटदेखि रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय गाडीलाई अनुकूलता हेरि छोड्ने निर्णय गरेको छ ।

यस्तै पोखरा–काठमाण्डाै सञ्चालन हुने गाडी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधन, स्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँ–ठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  २ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल