२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

गणेश ‘मार्मिक’ को महाकाव्य ‘श्रीधरा’ विमोचित



काठमाडौं । साहित्यसुधा नेपालका उपाध्यक्ष तथा प्रगतिशील लेखक सङ्घ, भक्तपुरका अध्यक्ष साहित्यकार गणेश घिमिरे ‘मार्मिक’ कृत महाकाव्य ‘श्रीधरा’ सार्वजनिक भएको छ ।

प्रमुख अतिथि प्रा.डा.माधवप्रसाद पोखरेलका साथ वरिष्ठ समालोचक डा.रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि साहित्यकार गोविन्दप्रसाद कुसुम लगायत विशिष्ट व्यक्तित्वहरूबाट महाकाव्य श्रीधराको विमोचन गरिएको हो । ​साहित्यसुधा नेपालकी अध्यक्ष कल्पना काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सोही संस्थाका सह–सचिव कृष्णदेव रिमालले गरेका थिए भने सदस्य राजेन्द्र घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।

शुभकामना मन्तव्य दिनेहरुमा नेपाल सरकारका पूर्व सचिव तथा लोकसेवा आयोगका पूर्व सदस्य साहित्यकार गोविन्द कुसुम तथा साहित्यसुधा नेपालका सल्लाहकार कवि कलानीधि दाहाल समेत थिए । ​कार्यक्रममा कवि सुशिला शर्मा धमला, पूजन मिश्र, सविता बराल तथा इन्दिरा दाहालले श्रीधरा महाकाव्यबाट केही काव्यांश पाठ गरेर कार्यक्रममा रोचकता थपेका थिए । स्रष्टा परिचय, समीक्षा तथा शुभकामनाका क्रममा बक्ताहरुले महाकाव्यकार मार्मिकको शालीन व्यक्तित्व, मिहिनेत, काव्यक्षमता, काव्यशिल्प, शब्द संयोजन कला र विषयगाम्भीर्यको चर्चा गर्दै महाकाव्यको उत्कृष्ठताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कुल ३५ वटा छन्दमा लेखिएको श्रीधरा महाकाव्यमा सिङ्गो नेपाल राष्ट्रको चित्र उतारिएको चर्चा पनि गरियो । महाकाव्यकार मार्मिकले यस महाकाव्यमा दिवङ्गत साहित्यकार वसन्तकुमार शर्माको आशीर्वाद मिसिएको चर्चा सहित आफ्ना केही कुराहरु राख्दै सम्बद्घ सबैलाई धन्यवाद समेत ज्ञापन गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले