२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो



प्युठान । दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने भएको छ ।

प्युठान नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीमध्ये न्यूनतम रु पाँच सयसम्म एकीकृत सम्पत्ति कर तिर्ने करदाताले उक्त चुलो पाउने मापदण्डमा पर्ने नगपालिकाका आर्थिक विकास समितिका संयोजक तथा प्युठान नगरपालिका–३ का वडाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । उनले भने, “गत आवमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको आन्तरिक गरी करिब रु सात लाखमा एक हजार चार सय इन्डक्सन चुलो विपन्न परिवारलाई सहयोग गर्ने भनेर खरिद भएको हो ।”

उनका अनुसार चुलो चलाउन हाई भोल्टेज विद्युत् आवश्यक पर्ने र पकाउने भाँडा सोहीबमोजिम फेरि किन्नुपर्ने हुँदा गाउँघरमा विपन्न परिवारका लागि अनुपयुक्त देखिएकाले कार्यपालिका बैठकबाट निर्णय संशोधन गरी धेरै कर तिर्ने करदातालाई सम्मानस्वरूप दिने निर्णय भएको हो । गरिब परिवारलाई इन्डक्सन चुलो दिँदा झन आर्थिक बोझ थपिने भएपछि सम्पत्ति कर धेरै तिर्नेलाई दिने तयारी अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बताए । नगरपालिकाका ग्रामीण क्षेत्रमा स्थानीयवासीका अधिकांश घरमा छ एम्पियर क्षमताको विद्युत् एमसिबी जडान छन् ।

इन्डक्सन चुलो सञ्चालनका लागि कम्तीमा १५ एम्पिएर क्षमताको जडान हुनुपर्ने उनले बताए । नगरपालिकाले करिब चार महिनाअघि चुलो खरिद गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको