११ चैत्र २०८२, बुधबार । March 25, 2026

अध्यादेश ल्याइनु अहिलेको आवश्यकता : सञ्चारमन्त्री


२६ मंसिर २०७९, सोमबार  

6
Shares

काठमाडौं । सरकारले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल तथा समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने उद्देश्यका साथ अध्यादेश ल्याइएको बताएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकता र हिंसात्मक क्रियाकलापमा संलग्नलाई ध्यानमा राखेर फौजदारी अपराध कार्यविधि संशोधन अध्यादेश ल्याएको बताएका हुन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि कांग्रेसकै नेताहरुले विरोध गरिरहेका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ सो अध्यादेश ल्याउने निर्णय गरिएको प्रस्टीकरण दिएका हुन् ।

उनले योभन्दा अघिका सरकारले पनि यस किसिमका अध्यादेश जारी गरेको र यस किसिमले माफी दिने सहमति गरेको बताए । मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने उदेश्यसहित अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali