२१ मंसिर २०८२, शनिबार । December 6, 2025

संसदीय दलको नेता चयनपछि मात्रै सरकारबारे छलफल हुन्छः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरुले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सो कुरा प्रष्ट्याएका हुन् ।  उनले भने, ‘अव निर्वाचन आयोगले राष्ट्रपति कार्यालयमा यो निर्वाचितहरुको लिष्ट बुझाएपछि, संसदीय दलको नेता चुनिएपछि मात्रै सरकारबारे छलफल हुन्छ ।’ अध्यक्ष प्रचण्ड आफैं सत्तारुढ दलको तर्फबाट सरकारको नेतृत्वको लागि इच्छुक रहेका छन् ।

साथै सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि नयाँ सरकारको नेतृत्वको स्वभाविक दाबेदार हुन् । तर, काँग्रेसभित्र सरकारको नेतृत्व लिनका लागि महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री बन्नका लागि राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । 

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको