२१ मंसिर २०८२, शनिबार । December 6, 2025

समानुपातिकतर्फको नाम निर्वाचन आयोगमा पठाउने शनिबार अन्तिम दिन



काठमाडौं । समानुपातिकतर्फ प्राप्त गरेको सिटमा निर्वाचित हुने सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय शनिबार सकिँदैछ ।

प्राप्त  मतका आधारमा प्रतिनिधिसभा र प्रदेश सभामा सिट बाँडफाँड गरी ‘क्लस्टर’ मिलाएर नाम पठाउन आयोगले बुधबार दलहरूलाई शनिबारसम्मको समय दिएको हो । दलहरूलाई भने समानुपातिकबाट सांसदको नाम चयन गर्न सकस परेको छ । प्रत्यक्षबाट चुनाव जितेका महिलाको संख्या न्यून भएपछि समानुपातिकबाट प्रतिनिधिसभामा अधिकांश महिला लैजानुपर्ने भएकाले दलहरू दबाबमा परेका हुन् ।

नाम टुंगो लगाउन उनीहरू शनिबार नै आन्तरिक छलफलमा जुट्दैछन् ।  नेपाली कांग्रेसले विहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । समानुपातिकबाट ३२ सिट पाएको कांग्रेसले २९ जना महिला अनिवार्य पठाउनुपर्ने भएकाले ३ मात्रै पुरुष छान्नुपर्ने छ ।

तर दलित, मधेशी, आदिवासी, मुस्लिम, खसआर्य र थारु गरी ६ वटा क्लस्टरको एक नम्बरमा केन्द्रीय नेता नै रहेकाले कसलाई प्रतिनिधिसभामा लैजाने भन्ने निर्णय गर्न कांग्रेसलाई सकस भएको छ । ३४ सिट पाएको एमालेले पनि समानुपातिकको नाम टुंगो लगाउन आज सचिवालय बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रले पनि समानुपातिकमा पाएको १४ उम्मेदवार छनोट गर्न शनिबार पदाधिकारी बैठक बोलाएको छ ।

शुक्रबारको बैठक निष्कर्षमा पुग्न नसकेपछि फेरि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी र सात सिट पाएको राप्रपाले पनि आज पार्टीको आधिकारिक बैठकबाट निर्वाचित हुनेको नाम टुंगो लगाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको