१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

एकीकृत समाजवादीले समानुपातिकतर्फ सात प्रदेशमा नौ सिट



काठमाडौं । प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नाै सिट पाएको छ ।

प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो ।

मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो । 

गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको थियो । यो कुल सदर मतको १.६० प्रतिशत हो ।

लुम्बिनीमा प्रदेशमा एकीकृत समाजवादीले एक सिट पाएको छ । कूल १७,७७,७२० मतमध्ये ४२,६२१ मत पाएको थियो । यो कूल सदर मतको २.४० प्रतिशत हो ।

कर्णाली प्रदेशमा पनि उसले एक सिटमै चित्त बुझाउनु परेको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको उसले एक सिट मात्र पाएको हो । कर्णाली प्रदेश सभामा पनि एकीकृत समाजवादीले एक सिट पाएको छ । कुल ५,६२,३४० मतमध्ये एकीकृत समाजवादीले ३५,८२६ मत पाएको थियो । यो कुल सदर मतको ६.३७ प्रतिशत हो ।

सुदूरपश्चिम प्रदेशसभामा समेत एकीकृत समाजवादीले एक सिट मात्र पाएको छ । कुल ८,५२,२८१ मतमध्ये ४३,८१९ मत पाएको थियो । यो कुल सदर मतको ५.१४ प्रतिशत हो ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले २,९८,३९१ मत पाएको हो । सदर भएको कूल १,०५,६०,०८२ मतमध्ये तीन प्रतिशत मत नपुगेपछि प्रतिनिधिसभामा  समानुपातिक सिट शून्य भएको हो । यद्यपि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ८ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по

Книга Стива Нисона «Японские свечи» грандиозный прорыв

Японские свечи Грегори Моррис скачать книгу бесплатно Третья из гор,

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो