१८ फाल्गुन २०८२, सोमबार । March 2, 2026

कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्त बिहीन भएः धर्मेन्द्र बाँस्तोला



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तबिहीन भएको बताएका हुन् । उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए । उनले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए ।

संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको बताए । उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए । संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे ।

नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा दखाउने कोशिस गरिएको उल्लेख गरे । उनले कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए । सशक्त प्रकारको कम्युनिष्ट आन्दोलन निर्माण गर्न क्रान्तिकारी कार्यदिशा बनाउनु आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ७ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по

Книга Стива Нисона «Японские свечи» грандиозный прорыв

Японские свечи Грегори Моррис скачать книгу бесплатно Третья из гор,

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो