२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

पूर्वउपप्रधानमन्त्रीहरू कतिले जिते, कति पराजित भए ?



काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १२ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा छ जना निर्वाचित भएभने छ जना पराजित भएका छन् ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका रामचन्द्र पौडेल (तनहुँ) र प्रकाशमान सिंह (काठमाडौं), नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल (रुपन्देही), रघुवीर महासेठ (धनुषा) र टोपबहादुर रायमाझी (अर्घाखाँची) तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी (बाग्लुङ) बाट निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला (झापा), सुजाता कोइराला (मोरङ) र विजयकुमार गच्छदार (सुनसरी) बाट पराजित भए ।एमालेका नेता ईश्वर पोखरेल (काठमाडौं) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा (मकवानपुर) बाट पराजित भए ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव (सप्तरी) र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो (सर्लाही) बाट पराजित भए । यसैगरी पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा छन् भने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्य छन् । एमाले नेता डा भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सिपी) मैनाली यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार रहेनन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ४ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान