२१ मंसिर २०८२, शनिबार । December 6, 2025

निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद सुरु



काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवाद सुरु भएको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित भएका सुनसरी सभापति समेत रहेका लालविक्रम थापाले समानुपतिक चयनमा खलखेल भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘थिति बसाल्न र पार्टी बिग्रेला भन्ने डरले चिन्तित भई खबरदारी गर्न आवश्यक रहेको जनाएका छन् ।

प्राइमरी इलेक्सनबाट आएकाहरूलाई प्राथमिकतामा नराखी अरुलाई नै समानुपातिक सांसदमा पठाउन खोजिएको उनको आरोप छ । उनले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद छनोट प्रक्रियामा पार्टी विधि पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रम संख्याभन्दा बाहिर गएर गरिने निर्णय आम पार्टी सदस्य शुभचिन्तक मतदाता कसैका लागि पनि हितकारी नहुने देखिएको छ ।’ बिहीबार रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा हुने खबरदारी कार्यक्रममा सहभागी हुनसमेत उनले अनुरोध गरेका छन् ।

केन्द्रीय कार्यालयमा असन्तुष्ट भएकाहरुले घण्टी बजाउँदै खबरदारी गरेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको