२१ फाल्गुन २०८१, बुधबार । March 6, 2025

समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने



काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ ।

प्रत्यक्षतर्फको मतगणना सोमबार सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत ९एक करोड नौ लाख ७३ हजार २७० मत खसेको जनाइएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई