२१ फाल्गुन २०८१, बुधबार । March 6, 2025

गीतकार/संगीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल



काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन् । उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उनको भनाई छ ।

नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताए । नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पु¥याउनुपर्ने बताए ।

उनले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भएपनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई