२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

निर्वाचनपछि छलफलमा जुटे गठबन्धनका शीर्ष नेता



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

बैठकमा निर्वाचन परिणाम र नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ । पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जनमोर्चाका दुर्गा पौडेललगायतका नेता सहभागी छन् ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ४ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अस्ट्रेलियाका कप्तान स्मिथले गरे एकदिवसिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतविरुद्ध सेमिफाइनलमा पराजित भएसँगै अस्ट्रेलियाका कप्तान

अमेरिकाबाट डिपोर्ट भएका ९ जनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएर बुधबार बिहान नेपाल आईपुगेका मध्य

पर्वतमा जीप दुर्घटना, २ जनाको मृत्यु ७ घाइते

पर्वत । पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अवैधरुपमा बसेका ११ नेपालीहरूलाई लिएर काठमाडौं ओर्लियो अमेरिकाकी जहाज

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ११ नेपालीलाई