२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

सरकार गठनमा सबै विकल्प खुला छः माओवादी



कठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिएको जानकारी अनुसार मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ ।

तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उनले जानकारी दिए । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ । उनले भने, “नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।” तर उनले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताए ।

माओवादीका अर्का नेता मातृकाप्रसाद यादवले भने प्रारम्भिकरूपमा छलफल सुरु भएको र नेताहरूले आ–आफ्नो धारणा राख्ने काम भएको जानकारी दिए । उनले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको भन्नेमा भने सबैको एकमत रहेको बताए । समग्र निर्वाचनको अवस्थाका बारेमा छलफल भएको उल्लेख गर्दै उनले गठबन्धन कायमै रहेको र त्यसमा हाल कुनै थप निर्णय नभएको बताए ।

मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ । दोलखामा भने मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा हुनुहुन्छ । बैठक आइतबार पुनः २ बजे बस्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।