२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

कानून दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य गरौंः प्राध्यापक केसी



ललितपुर । प्राध्यापक डाक्टर खड्ग केसीले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

जापान युनिभर्सिटिज अलुम्नी एशोसिएशन, नेपाल (जुआन)ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनलाई दूरुपयोग गरेर शक्तिशाली बन्ने संस्कृति दक्षिण एशीयाली मुलुकहरुमा बढि रहेको उल्लेख गर्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन् । उनले जापानले नेपाललाई अर्थतन्त्रलाई बलियो बनाएर अघि बढन प्रेरित गरिरहेको पनि बताए । त्यसैगरी मेहनत गरिरहे सफलता हात पार्न सकिन्छ भन्ने कुरा पनि जापानबाट आफूहरुले सिक्नुपर्ने केसीले स्पष्ट पारे ।

जापानले मेहनत गरेरै समुन्नति हात परेको स्मरण गर्दै नेपालले त्यसैगरी अघि बढन सक्नुपर्ने उनको भनाई थियो । प्राध्यापक केसीले देशप्रतिको भक्तिभावमा पनि जापानिजहरुले उदाहरणीय काम गरेको चर्चा गरे । उनले जापान बसाईको क्रममा आफ्नो कर्म आफैंले उत्तरदायी भएर गर्नुपर्छ भन्ने सिकेको समेत बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ६ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति