२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

शेरबहादर देउवाः सहकार्य गरेर सरकार बनाउँ, सीके राउतः हुन्छ



काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेकोमा उनी सकरात्मक रहेको बताइएको छ । संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने प्रस्ताव देउवाले गरेकोमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताए थिए ।

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्न दुई नेताबीच सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । ’भर्खरै जनमत पार्टीका अध्यक्ष राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेट भयो । दुवै नेताबीचको छलफल सकारात्मक भयो ।

कांग्रेससँग संघ र प्रदेश दुवै तहमा सहकार्य गर्ने सहमति भएको छ,’ निधिले भने । राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णयक शक्तिको रुपमा रहेको छ । यसअघि राउत र कांग्रेस नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको थियो ।

निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

च्याम्पियन्स ट्रफीः दोस्रो सेमिफाइनल खेल आज, न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव