१२ बैशाख २०८२, शुक्रबार । April 26, 2025

नवौं विश्व माटो दिवसमा प्रभातफेरि हुने



काठमाडौं । कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ ।

बिहीबार कृषि विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं विश्व माटो दिवसमा मंसिर १९ गते माटो सम्बन्धि जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले विश्व माटो दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना गर्ने बताए । उनले मंसिर १९ गते हरिहरभवन–जावलाखेलसम्म प्रभातफेरि गर्ने बताए ।

उनले राष्ट्रिय किसान आयोगद्वारा प्रदेशहरुमा माटो परीक्षण शिविर आयोजना गर्ने योजना रहेको पनि बताए । नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, ५ प्रतिशत क्षारिय र ४५ प्रतिशत तटस्थ प्रकृतिको पाईको विभागले जनाएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुन्छ ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाईट्रोजनको मात्रा न्युन, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले बताएको छ । पछिल्लो समय गोबर वा कम्पोष्ट मल, हरियो मलको प्रयोग न्युन रहेकाले माटो बिग्रँदै गएको विभागको भनाइ छ । यो वर्षको विश्व माटो दिवसको नारा स्वस्थ मोटोको साथ,खाद्य उत्पादनको शुरुवात रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्ति लोकपथ सडकमा १५ दिनसम्म ६ घण्टा सवारी आवागमन बन्द

मकवानपुर । हेटौंडाबाट ठिंगन हुँदै काठमाडौं जाने प्रमुख मार्गको ठिंगन–बगुवा

एनएसएल २०२५ः विजेतालाई ८० लाख पुरस्कार, उपविजेताले कति पाउँछ ?

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले ८०

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता

स्वास्थ्यका लागि दौड: खस्यौली म्याराथन २०८२

बुटवल । स्वास्थ्यको लागि दौड भन्ने नारासहित खस्यौली लायन्स म्याराथन

शिक्षक आन्दोलनः २४ दिनपछि खुल्यो संवादको ढोका ! होला त सहमति ?

काठमाडौं । शिक्षकहरूको आन्दोलन २४ दिन नाघिसकेको छ र यसै