२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

समस्या समाधानका लागि पहल गर्छौं: नेता सिंह


१५ मंसिर २०७९, बिहिबार  

6
Shares

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाबाट आफूले पाउनुपर्ने तलब नपाएको आयोजनाका कर्मचारीले गुनासो गरेपछि उनले यस्तो बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाबाट ६१ कर्मचारीले साउन महिनादेखि अहिलेसम्म पाउनुपर्ने पारिश्रमिक नपाएको भन्दै कर्मचारीले पानी पथान्तरणमा असहयोग गर्ने चेतावनी दिएका छन् । बिहिबार सिंहलगायत बागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नवनिर्वाचित सांसद, मेलम्चीका नगरप्रमुख आइतमान तामाङ र हेलम्बुका प्रमुख निमा ग्याल्जेन शेर्पासहितले खानेपानी मुहानको अवलोकन गर्नो क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान अडिटमा आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा जानकारी गराउने क्रममा कर्मचारीको तर्फबाट समस्या राखे ।

निर्देशक श्रेष्ठले सरकारले ‘फास्ट ट्र्याक’बाट कर्मचारीको पारिश्रमिक उपलब्ध गराउने कुरामा ध्यान जान जरुरी रहेको बताए । उनले इन्धन, बिग्रेका गाडी मर्मत तथा अन्य सरकारी पक्षबाट हुनुपर्ने काम हुन नसकेको भन्दै यथाशीघ्र माग पूरा गर्न माग गरे । सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरेपछि महत्त्वपूर्ण निर्णय पनि हुन नसकेको उनको भनाइ थियो ।

निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी ल्याएर खुवाउँछौँ भनेर भोट मागेजस्तै आफूहरूले पनि पानी पठाएबापत बजेट पाइन्छ भनेर जनतासँग मत मागेको बताउँदै दुवैतर्फको माग सम्बोधन हुने गरी काम गर्नुपर्नेमा जोड दिए । बुधबारमात्रै खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गरिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по