२१ फाल्गुन २०८१, बुधबार । March 5, 2025

कमजोर बन्दै संसदमा महिला र दलितको उपस्थिति



काठमाडौं । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ ।

एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये पाँच प्रतिशत अर्थात् नौ जना मात्रै महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र)बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् ।

एमालेबाट कास्की क्षेत्र नं २ बाट नेकपा (एमाले)की केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा क्षेत्र नं ३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा क्षेत्र नं ३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्मा निर्वाचित भएकी छन् । तेह्रथुमबाट कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएका छन् ।

कार्की ललितपुर क्षेत्र नं ३ र गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएकी छिन् । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकजना मात्रै देखिन्छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका छन् । विसं २०६४ सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा छ सय एक जनामध्ये ५१ जना (आठ दशमलव ४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो ।

तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए । विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (छ दशमलव ८२ प्रतिशत) मा झर्‍यो । जसमध्ये दुई जना नेकपा (एमाले) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (छ प्रतिशत) दलितको प्रतिनिधित्व भयो ।

एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अफगानिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाल

काठमाडौं । मुलपानी मैदानमा नेपाली यु-१९ क्रिकेट टोलिीले अफगानिस्तानको युवा

च्याम्पियन्स ट्रफीः दोस्रो सेमिफाइनल खेल आज, न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै

काठमाडौं । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर