२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन



एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ ।

उनको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी थिए। उनी ल्युकेमिया रोगबाट पीडित थिए ।

जसका कारण उनका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उनको निधन भएको संचार माध्यमले जनाएका छन् । जेमिन सन् १९८९ को तियानमेन स्क्वायर आन्दोलनपछि चीनको नेतृत्वमा निर्वाचित भएका थिए ।

रिपोर्टका अनुसार सन् १९९३ मा सत्ता प्राप्त गरेपछि उनले झण्डै एक दशकसम्म चीनमाथि आफ्नो कब्जा जमाएका थिए । जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । जेमिनको मृत्यु यस्तो समयमा भएको छ, जब चीनका विभिन्न शहरहरूमा कोरोना प्रतिबन्धका कारण व्यापक विरोध भइरहेको छ ।

जेमिनले सन् १९९७ मा हङकङको शान्तिपूर्ण स्थानान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशका लागि मेहनत गरेका थिए । उनलाई चीनमा मात्रै होईन विश्वभर सधैं मेहनती नेताको रूपमा हेरिएको थियो । जेमिनको नेतृत्वमा चीनको अर्थतन्त्र बलियो हुनुका साथै सधैं सत्तामा बसिरहन कम्युनिस्टहरूलाई सहज बनाउनु भएको श्रेय दिइने गरेको छ ।

बि.सं २०५३ सालमा जेमिनले नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले