२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

वरिष्ठ पत्रकार किशोर नेपालको सबै अकाउन्ट र मोबाइल नम्बर बन्द



काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल फेसबुक, ट्वीटर, इन्टाग्राम अकाउन्ट र मोबाइल नम्बर बन्द गरेर सम्पूर्ण सञ्चार माध्यमबाट विमुख भएका छन् ।

अक्टोबर २५ (कार्तिक ६) मा उनको फेसबुक अचानक बन्द भएको थियो । त्यसयता लगातार उनको ट्वीटर र इन्टाग्राम अकाउन्ट बन्द भयो । त्यति मात्र नभएर उनले प्रयोग गर्दै आएको ९८०२०३१८८१ नम्बरको मोबाइल नम्बरसमेत निर्वाचनको दुईदिन अघि बन्द गरिएको नेपालले बताए ।

आफ्ना सबै अकाउन्ट र मोबाइल नम्बर समेत बन्द भएपछि वरिष्ठ पत्रकार नेपालले प्रहरीको साइबर ब्यूरो मात्र नभएर गृहमन्त्री र सूचना तथा सञ्चार प्रविधिमन्त्रीलाई समेत जानकारी गराए पनि सरकारी निकायले यसबारे चासो नदेखाएको उनले जानकारी दिएका छन् । प्रहरीले अकाउन्ट ह्याक भएको जानकारी दिए पनि त्यसबारे थप केही प्रगति नभएको उनी बताउछन् तर, सबै अकाउन्ट र मोबाइल नम्बरसमेत अचानक बन्द भएपछि यो विषय गम्भीर भएको छ । वरिष्ठ पत्रकार नेपाललाई पूर्ण रुपमा सञ्चार सेवाबाट विमुख पारिएपछि पत्रकार र पत्रकारजन्य संघ संस्थाहरुले यसबारे तत्काल कारबाही अघि बढाउन सरोकारवाला पक्षसँग माग गरेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ