७ बैशाख २०८३, सोमबार । April 20, 2026

सुकुम्बासी बस्तीमा राज्यले तमासा गर्‍यो : ओली


१३ मंसिर २०७९, मंगलबार  

6
Shares

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराएका छन् । ललितपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठिन आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको भनि प्रश्न समेत गरे ।

ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढ्न पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकीर समेत गरे । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो ।

बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको उनको भनाई छ । उनले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिए ।

ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहो¥एका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित