२ बैशाख २०८२, मंगलबार । April 15, 2025

सुकुम्बासी बस्तीमा राज्यले तमासा गर्‍यो : ओली



ललितपुर । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराएका छन् । ललितपुरस्थित पार्टीको केन्द्रिय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठिन आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको भनि प्रश्न समेत गरे ।

ओलीले सो बस्तीको समस्या समाधानका लागि लोकतान्त्रिक संस्कार अनुसार अघि बढ्न पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भिर ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचन जस्तो नभएको जिकीर समेत गरे । निर्वाचनमा शान्तिपूर्ण वातावरणमा जनताले आफनो मत दिनुपर्नेमा सरकारले आतंकको वातावरण सृजना गरी जनताको अभिमतलाई आफ्नो पक्षमा पारेको उनको आरोप थियो ।

बाजुरामा आफ्ना पार्टीका एक कार्यकर्ता मारिएको भन्दै अध्यक्ष ओलीले त्यस्ता घटनामा संलग्न अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा स्थानीय प्रशासनले संरक्षण दिने काम गरेको उनको भनाई छ । उनले निर्वाचनमा खटिएका कर्मचारीहरुले सत्ता पक्षको आदेशको प्रवाह नगरी तटस्थ भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत दिए ।

ओलीले चुनाव जित्नका लागि तानाशाही र चरम अलोकतान्त्रिक गतिविधि सरकारले गरेको पटकपटक दोहो¥एका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्से सूचक २७.१४ अंकले उकालो, कारोबार ८.५४ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७.१४ अंकले उकालो

राष्ट्रपति पौडेलको चासो : सहकारी पीडितलाई छिटो न्याय दिलाउन निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको संकटप्रति गम्भीर

भाटभटेनीमा छरिएको स्याउ–सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका ८ जना

भारत–चीनसँग सन्तुलित सम्बन्ध बनाएँ, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको इज्जत उठाएँ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सांसद गौतमद्वारा असुरक्षित रूपमा फलाम बोक्ने गाडीप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद शोभिता गौतमले सडकमा अत्यन्त