२० फाल्गुन २०८१, मंगलबार । March 5, 2025

मत गणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी



सुनसरी । सुनसरी ४ को अवरुद्ध मत गणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य एमाले उमेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मत गणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उमेदवार कुसियतले मत गणनामा आलटाल भइरहेको र कानूनसंगत मत गणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानून विपरित विषय उठान गरी मत गणना अवरुद्ध पारेको आरोपसमेत लगाए ।

उनले मत गणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए । पत्रकार सम्मेलनमा उम्मेदवार कुसियैतले भने, ‘गणनामा आलटाल भइरहेको छ । एमाले कानूनसंगत अघि बढ्न चाहन्छ । तसर्थ आयोगले तत्काल निर्णय दिओस् र गणना सुचारू होस् ।

सञ्चारमन्त्री आफैँ रहेका छन्, सरकारका प्रवक्ता र सरकारमा आफैँ छन्, मलाई न्याय चाहियो रे ? कस्तो खालको न्याय हो ।’ सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । यो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यलयमा पुनः मत गणनाको माग सहितको उजुरी हालेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अलैँची महासंघद्वारा उद्योग तथा कृषिमन्त्रीसँग भेट, समस्या समाधानका लागि आग्रह

काठमाडौँ । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले