२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

बागलुङमा बदर मत घट्यो


११ मंसिर २०७९, आइतबार  

15
Shares

बागलुङ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ ।

गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो । जिल्लामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । उन अनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो ।

मुख्य निर्वाचन अधिकृत डा भट्टका अनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ । बागलुङ-१ मा ५४ हजार सात सय ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । जिल्लामा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ । बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकामा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको उनले जानकारी दिए ।

“स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडा तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको हो”, उनले भने, “स्थानीय तहमा बागलुङमा १० प्रतिशत मत बदर भएको थियो अहिले चार प्रतिशत मत बदर घटाएका छौँ, मतपत्र सजिलो भएको, मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदर मतलाई अझै तल झार्नुपर्ने आजको आवश्यकता हो ।” सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मतपत्रमा एकमात्रै चिह्न लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो । स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।

मतपत्र बदरमा भने एकरुपता नदेखिएको मतगणनामा सहभागी कर्मचारीले बताएका छन् । चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कामर मत बदर बनाइएको जनाइएको छ ।

एक मतपत्रमा छ चुनाव चिह्नमा समेत छाप लगाएको पाइएको बागलुङ २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । उनका अनुसार दुर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनीतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ । “गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, सङ्घमा अर्को चुनाव चिह्नमा र प्रदेशमा अर्को चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो”, उनले भने, “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिक दलको वितृष्णका कारणसमेत मत बदर भएको देखिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ११ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по