२१ फाल्गुन २०८२, बिहिबार । March 6, 2026

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी


८ मंसिर २०७९, बिहिबार  

6
Shares

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए ।

नेकपा (एमाले) का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे । जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका छन् । त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по