२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

तनहुँ–१ मा नेता पौडेलको अग्रता कायमै



तनहुँ । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।

जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् । सात हजार एक सय ७४ मतगणना हुँदा नेता पौडेलले दुई हजार चार सय ३७ मत पाएका छन् । नेकपा (एमाले)का एकबहादुर रानाले दुई हजार तीन सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले आठ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले चार सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुआती चरणबाटै अग्रता कायम राखेका छन् । चार हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले एक हजार नौ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामबहादुर गुरुङले एक हजार दुई सय ३८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३६ हजार तीन सय ६५ मत खसेको छ ।

प्रदेशसभा (२)मा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले दुई हजार ४० मत पाएका छन् भने एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५० मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको