बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा ७ सय मत गणना हुँदा राष्ट्रिय जनमोर्चा एमालेभन्दा पछि परेको छ ।
एमालेका सूर्य पाठकले २ सय ४६ मत ल्याउँदा जनमोर्चाले १३७ मत पाएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले २ सय २२ मत पाएका छन् । प्रदेशसभा (१क) मा ७ सय मत गणना हुँदा एमालेले ३ सय २३ मत, कांग्रेसले ३ सय ८ मत पाएको छ ।
प्रदेशसभा (२) मा ५ सय मत गणना हुँदा एमालेले १ सय ३५ मत पाएको छ भने कांग्रेसले ३ सय ४७ मत पाएको छ ।
प्रतिक्रिया