२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

चार मतदान केन्द्रको जिम्मा महिलालाई



सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारवटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो । जिल्लामा रहेका सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले बताए ।

त्यस्तै आठ महिलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलालाई जिल्लामा यसपटकको चुनावमा प्राथमिकतामा राखेर निर्वाचनमा खटाइएको हो । गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यसपटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।

स्थानीय चुनावमा जिल्लामा ४४ महिलामात्र खटिएका थिए । यसपटकको चुनावमा ७६ महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको हो । जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको