२२ फाल्गुन २०८२, शुक्रबार । March 6, 2026

अन्तर्वार्ता

पोखरेलीको मायाले चुनाव जित्छु, काम गरेर देखाउँछु: श्रीनाथ बराल

हामीसँग विश्वास खोजीरहनु भएको छ, जसको सम्मान म गर्छु


३० कार्तिक २०७९, बुधबार  

21
Shares

नेकपा (एकीकृत समाजवादी) कास्की क्षेत्र नं २ का उम्मेद्वार हुन् श्रीनाथ बराल । पार्टीको पोलिट व्यूरो सदस्यसमेत रहेका बराल गठबन्धनका तर्फबाट साझा उम्मेद्वार हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की–२ बाट नेकपा (एमाले)का नेता रवीन्द्र अधिकारीलाई विजयी गराउनमा ठूलो सहयोग गरेका थिए । त्यतिखेर उनलाई रवीन्द्रका सिनियर कमाण्डर पनि भनिन्थ्यो । दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे । तर, अहिले श्रीनाथ नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचन लड्दैछन् । श्रीनाथको प्रतिस्पर्धा एमालेकी विद्या भट्टराईसँग हुँदैछ । माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) यतिबेला विद्याको विपक्षमा हुँदा आफ्नो जित सहज भएको दाबी गर्छन् श्रीनाथ । श्रीनाथसँग गरिएको संक्षीप्त कुराकानी :

१. चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको छ ?

पोखरेली दाजुभाई तथा दिदीबहिनीहरुको सद्धावका कारण ढुकढुकी कत्ति पनि बढेको छैन । कास्कीमा हामीले नै बनाएको मजबुद्ध संगठन र ५ दलीय गठबन्धनका कारण म जित नजिक छु । ढुकढुकी कत्ति बढेको छैन । राम्रो भएको छ । जति चुनाव नजिकिँदै छ, हामी त्यही उत्साहित छौँ ।

२. सधैँ एमाले उम्मेदवार जिताउन लागि परेको तपाई यस पटक भने आँफै उम्मेदवार हुनुहुन्छ रु टिकट पाउनलाई पार्टी नै परिवर्तन गर्नु पर्यो है ?

होइन । एउटा परिस्थितीले त्यस्तो हुन पुग्यो । मलाई अन्याय भएको थियो त्यतिबेला एमालेमा छँदा । तर अहिले मैले काम गरेर देखाउने बेला आएको छ । अहिले सबै दलका नेता कार्यकर्ताहरुको साथ सर्मथन मलाई छ । एमाले जनहरुले पनि मलाई नै माया गर्नुहुन्छ । सबैको मतले मैले बहुमत ल्याउँछु ।

३. घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो ?

एकदम उत्साह । सबैले माया गर्नुभएको छ । हामीसँग विश्वास खोजीरहनु भएको छ, जसको सम्मान म गर्छु ।

४. यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ यहाँलाई ?

पक्कैपनि । कास्कीमा हाम्रो संगठन मजबुत छ । पार्टी र ५ दलीय गठबन्धन नै कास्कीमा सशक्त भएकाले यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ ।

५. तपाईको चुनाव जित्ने मुख्या आधार के के हुन् ?

मुख्य आधार भनेको त सत्ता गठबन्धन नै हो । दोस्रो आम्रा एजेण्डामा पोखरेलीहरु खुशी छन् । अर्को आधार भनेको यहाँका दाजुभाई तथा दिदीबहिनीहरुको अपार माया हो । जुन मायालाई मैले वर्षौ वर्ष सम्म सम्झेर मेरो क्षेत्रमा मात्रै नभई समग्र कास्की र देशकै भलो हुने काम गर्नेछु । मैले विगतका दिनमा अझ भनौँ ४० वर्षसम्म यो क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँहरुले कलममा मतदान गनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।

६. महँगी न्यूनीकरण गर्ने विषयमा यहाँका योजना के के छन् ?

महंगी न्यूनीकरण गर्ने र गरीबहरुलाई माथि उठाउने मेरो एजेण्डा हो । महंगीलाई बढ्न दिनु हुँदैन । यसलाई न्यूनीकरण गर्ने र नियन्त्रण गर्न म पहल गर्छु ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по