३० बैशाख २०८३, बुधबार । May 13, 2026

सोमालियामा यस बर्ष ६ सय बढी सर्वसाधारणको हत्या


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

एजेन्सी । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् ।

उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको बताएका छन् । यहाँका नागरिकको मानव अधिकार हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिए ।

सोमबार प्रकाशन गरिएको विज्ञप्तिमा उनले अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै हिंसा अन्त्यको बाटो खोज्न पनि सुझाएका छन् । सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरुले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिए पनि उनले बताए । यहाँका विद्रोहीहरुले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका उनको भनाई छ ।

उनले अल सेबाब विद्रोहीहरुले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरुले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली