३१ जेष्ठ २०८३, आइतबार । June 15, 2026

यातायात प्राधिकरणको स्थापनापछि दुर्घटना न्यूनीकरण हुन्छ:मेयर शाह


२७ कार्तिक २०७९, आइतबार  

3
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापनापछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विधेयक पारित भएको उल्लेख गर्दै उनले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए । सबै सार्वजनिक सवारी साधनहरुको शेयर बराबर हुनेगरी विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने क्रममा कमी आउने मेयर साहको भनाइ थियो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख समेत गरे ।

मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ७ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि

फिफा विश्वकप २०२६ः स्विट्जरल्यान्डसँग रेमाञ्चक बराबरीमा कतार

काठमाडौं। फिफा विश्वकप २०२६ मा समूह ‘बी’ अन्तर्गत आइबार राति

एनपीएल सिजन ३ः कर्णाली याक्समा मार्की सोमपालसहित सात खेलाडी रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को लागि कर्णाली

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय