२ बैशाख २०८२, मंगलबार । April 15, 2025

ट्वीटर भेरिफाइडका लागि शुल्क तिर्नुपर्ने नियम तत्कालका लागि खारेज



एजेन्सी । ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने नियम तत्कालका लागि खारेज भएको छ ।

अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुपर्‍यो ।

केवल एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १० : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शान्ति नमुना माविमा शैक्षिक हडतालको प्रभाव: सम्पूर्ण कार्यक्रम स्थगित

रुपन्देही । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शैक्षिक हडतालको प्रभाव

कालिका मानवज्ञान माविको सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित

बुटवल । नेपाल शिक्षक महासंघको अगुवाइमा देशव्यापी रूपमा जारी शिक्षक–कर्मचारी

किन जान्छ झ्याप-झ्याप बिजुली ? यस्तो छ कारण

काठमाडौं । हालै देशका विभिन्न भागमा आएको प्रि-मनसुनको हावाहुरीका कारण

ओरालो लाग्यो सुन–चाँदीको भाउ, आज कति पर्छ त तोला ?

काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही

सहकारी बन्द हुँदा बिवाह, उपचार र आपतकालीन खर्च संकटमा

रुपन्देही । छोरीको विवाहको अन्तिम तयारीमा जुटिरहेकी मादिका लोनिया अहिले