२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

संसद विघटन गर्ने अधिकार कसैलाई छैन्ः प्रधानमन्त्री देउवा



चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन् ।

शनिवार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको भन्नेकुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताए । प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको पनि उल्लेख गरे । उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनैपनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ