२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

सत्तारुढ गठबन्धन केन्द्रिय निर्वाचन परिचालन समितिको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठेका बागी उम्मेदवारहरुलाई निष्तेज पार्न अधिकतम प्रयास गर्ने भएको छ ।

शनिबार सानेपास्थित नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा बसेको सत्तारुढ गठबन्धनको केन्द्रिय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुका कुनै पनि उम्मेदवार पराजित हुन नदिनका लागि बागी उम्मेदवारहरुलाई निष्क्रिय बनाउन अधिकतम प्रयास गर्ने निर्णय लिइएको सो निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यले बताए ।

बैठकले बागी उम्मेदवारहरुलाई निष्तेज पार्ने काममा ध्यान दिन गठबन्धन दलका शिर्ष नेताहरुलाई पुनः ध्यानाकर्षण समेत गराएको छ । आचार्यले गठबन्धन दलका उम्मेदवारहरु कुनै पनि ठाउँमा पराजित हुने स्थिति आउन नदिनका लागि नै निरन्तर रुपमा बैठक गरिराखेको प्रष्ट पारे ।

बैठकमा एमाले नेतृत्वको गठबन्धनले चुनावी आचारसंहिता उलंघन गरिरहेको आरोप लगाउँदै निर्वाचन आयोगलाई त्यसबारे सचेत गराउने निर्णय पनि गरेको नेकपा (एकीकृत समाजवादी)का नेता लक्ष्मण केसीले बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

केपी ओली कपको उपाधि मछिन्द्रलाई

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ