१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

आफ्नो सरकार ढलेपछि ओली बर्बराउँदै हिँडेका छन्: माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेका छन् ।

बिहीवार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका हुन् ।

उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्‍याउने समेत बताए । उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । अध्यक्ष नेपालले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको समेत उल्लेख गरे ।

नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर समेत उनले गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम