१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार गर्नुहोस्ः खिलराज रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदाताहरुलाई आह्वान गरेका छन् ।

बुधवार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठिक ढंगले अगाडी बढाउनसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् । उनले मतदाताहरुलाई दूरदृष्टि राखेर सुखद् भविष्यको सपना साकार पार्ने उपयुक्त उम्मेदवार छनोट गर्न आग्रह गरे । उनले निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने बताए ।

पूर्वअध्यक्ष रेग्मीले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए । विकासका विभिन्न काममा हात लाग्दा काम सम्पन्न हुन नसकेको र लगानी खेर गइरहेको उनले बताए । उनले कृषि क्षेत्रको विकासका लागि किसानलाई तालिम दिनुपर्ने बताए ।

उनले व्यक्तिलाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिनुपर्नेमा जोड दिए । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै आपसमा आशंका हुनु नहुने बताए । आपसमा शंका आउन नदिन राज्य पक्षले प्रयत्न गरिरहेको र समाजले पनि सो कुरालाई अंगिकार गरेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम