२३ फाल्गुन २०८२, शनिबार । March 7, 2026

ओलीले पार्टीको नाममा आएको ८ लाख गायव पारेपछि…


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई ‘बाटो खर्च’ भन्दै दिएको ८ लाख रुपैया नेपाली काँग्रेस रुकुमका सभापति प्रेम प्रकाश ओलीले गायब बनाएका छन् ।

पार्टी कार्यालय बाट रुकुम पश्चिम प्रदेश (१) र (२) अनि प्रतिनिधि सभाका उम्मेदवारको लागि भनेर लिएको ८ लाख रुपैया आफैले खाएर ओलीले उक्त कुरा गुपचुप पारेका छन् । धेरैलाई यो विषय थाहा छैन तर उम्मेदवारी दर्ताको अघिल्लो दिन लुम्बीनी प्रदेशका सभापति अम्मरसिंह पुन मार्फत प्रेम ओलीले उक्त रकम प्रदेश (२) लागि आफुलाई दुई लाख, प्रदेश (१) का उम्मेदवार कृष्ण बहादुर रोकायाको लागि दुई लाख र प्रतिनिधि सभाका उम्मेदवार मान बहादुर नेपालीको लागि ४ लाख भनेर पैसा बुझेका थिए । तर रुकुम पश्चिममा नेपाली काँग्रेसको कोहि उम्मेदवार नभए पछि उक्त रकम उनले कुम्ल्याएका हुन ।

यस विषयमा बुझ्न खोज्दा नेपाली काँग्रेस रुकुमका नेता तथा गठबन्धन चुनावी प्रचारप्रसारका संयोजक गोपाल जि जंग शाहले आफुलाई यस विषयमा थाहा नभएको तर प्रेमले लिएर खान सक्छ उनले भने । सात करोड २२ लाख बाँडेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिइएको बताए ।

‘अरू खर्च भने उम्मेदवार स्वयंले पार्टीको तल्ला कमिटी र शुभेच्छुकमार्फत संकलन गरेर गर्न सक्छन्,’ उनले भने । पैसाको विषयमा हाम्रो प्रेम खेलाडी नै हो ल्यायो होला ,खायो होला शाहले थपे । स्मरण रहोस ,ओली आर्थिक हिनामिनाकै कारण बदनामि छन् ,यस अगाडि पनि काम गरेको आठ लाख रकम मजदुरलाई नदिए पछि उच्च अदालत सुर्खेतले उनलाई एक महिना कैद र जरिवाना गर्ने फैसला गरेको छ ।कानुनको नजर ओली दोषि हुन ।

शक्तिको आडमा प्रहरीले उनलाई पक्राउ गर्नसकेको छैन । सर्वोच्चमा समेत उनले उच्च अदालतको आदेश विरुद्ध रिट निवेदन दिने म्याद गुजारी सकेको हुदा उनलाई अनिवार्य कैद सजाय गराउनु पर्ने कानुनी व्यवस्था भए पनि खुलेयाम हिडिरहेको स्रोत बताउँछ । उनलाई अदालतले दोषि ठहर गरेकै कारण यस पटक रुकुम पश्चिम प्रदेश (२) को उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि ९१ र प्रदेश सभा सदस्यका लागि एक सय ७९ उम्मेदवार छन् । यसअनुसार दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख ‘बाटो खर्च’ बाँडेका थिए। ‘टिकट दिएर पठाउँदा संघ र प्रदेशका उम्मेदवारलाई सभापतिले केही बाटो खर्च दिएर पठाएको सानेपा स्रोतले बतायो  । पार्टीले उम्मेदवारको अरू खर्च व्यवस्थापन भने गरेको छैन, त्यो काम उहाँहरूकै हो,’स्रोतले बतायो ।

उम्मेदवारलाई दिइएको ‘बाटो खर्च’ सभापतिको स्वविवेक भएकाले आफूलाई त्यसबारे जानकारी नभएको पार्टी कार्यालयका एक कर्माचारीले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по