१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

कांग्रेस भन्दा एमाले अत्याधिक मतले अगाडी हुन्छ : अध्यक्ष ओली



कास्की । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली काँग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दावी गरेका छन् ।

सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले काँग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्वेक्षण नै गलत रहेको जिकीर समेत गरे । सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरुलाई पनि सामेल गरेर सरकार बनाउने पनि दोहार्‍याए ।

मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने उल्लेख गरे । मुलुकको स्वाधिनता, स्वाभिमान जोगाउनका लागि पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनैपर्ने उनको भनाई थियो ।

ओलीले संविधान उलंघन गर्ने काम आफूहरुले नगरी सत्तारुढ गठबन्धनले गरेको आरोप समेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संविधान कुल्चिने काम गरेको उनको तर्क थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम