१९ फाल्गुन २०८१, सोमबार । March 3, 2025

उपाध्यक्ष र केन्द्रीय सदस्यलाई समाजवादी प्रेस संगठनले गर्‍यो कारबाही



काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै दुई नेतालाई कारबाही गरेको छ ।

आइतबार सम्पन्न संगठनको सचिवालय बैठकले संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे र केन्द्रीय सदस्य भरत शर्मालाई कारबाही गरेको हो । संगठनका महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेका कारण बन्जाडे र शर्मालाई कारबाही गरी संगठनका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । संगठनले विज्ञप्तिमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धन पक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचार कामलाई अगाडि बढाउने निर्णय गरेको समेत जानकारी गराएको छ ।

त्यसैगरी, विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका हकमा गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गर्ने र साझा ढंगले प्रचारका काम अगाडि बढाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । संगठनले नागरिक दैनिकमा प्रकाशित कार्टुनको विषयलाई लिएर प्रेस काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ । काउन्सिलले सोधेको उक्त स्पष्टीकरण विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको पक्षमा नरहेको संगठनको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम