२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

मतदाता रिझाउन खेतबारिमै उम्मेदवार



कालिकोट । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ ।

यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो । धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा रमाउने गरेका छन् ।

कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका भीमबहादुर रावलले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताए । “अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौँ ।”, उनले भने , “दुई महिना त बाली लगाउने महिना हो । त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन् ।” गाउँमा चुनाव प्रसार–प्रचारका लागि नेता तथा कार्यकर्ता पुग्ने गरेका छन् । रास्कोट नगरपालिका–५ का नयाँरुप फडेराले भने, “गाउँमा माइकिङ गरेर भोट मागेको त सुन्छौँ, तर दलहरूका चुनावीसभामा जान पाएका छैनौँ”, उनले भने , “दलहरूका एजेण्डाका विषयमा जानकारी कम छ, त्यसैले कसलाई मत दिने हो अन्योलता कायमै छ ।”

दलकाहरूका चुनावी एजेण्डामात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचालझरना गाउँपालिका–१ सिकुका रामबहादुर बोगटीले बताए । “मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी कोही आएका छैनन्”, उनले भने, “मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना बढी रहन्छ ।” मतदाता मेलापातमा व्यस्त भएका कारणले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षालगायतका काम अगाडि बढाएको नेकपा (एमाले)का कालीकोट जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले जानकारी दिए । “मतदाता अहिले घर, गाउँ, टोलमा भेटिँदैनन् ।

सबै खेतबारीको काममा व्यस्त रहनुभएको छ”, उनले भने, “प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेण्डा र मतदाता भेटघाट गरिरहेका छन् । मतदातासँग राजनीतिक दल तथा उम्मेदवारले छलफल गर्न नपाउँदा मतदाताले राम्रो उम्मेदवार छान्न र मतदानमा मत बढी बदर हुने सम्भावना रहने नेपाल बार एशोसिएशन कालीकोटका अध्यक्ष दमनराज बमले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको