२४ भदौ २०८३, बुधबार । September 9, 2026

आफुमाथिको हमलामा प्रधानमन्त्री शरीफको हात रहेको इमरानको आरोप


१९ कार्तिक २०७९, शनिबार  

9
Shares

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफुमाथि भएको आक्रमणमा प्रधानमन्त्री सेहबाज शरीफको हात रहेको आरोप लगाएका छन् ।

खानले शुक्रबार अप्रिलमा अविश्वासको मतपछि प्रधानमन्त्रीको रूपमा उनको स्थानमा आएका प्रधानमन्त्री सेहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र एक वरिष्ठ सेना कमाण्डर उक्त षड्यन्त्रमा संलग्न रहेको अभिव्यक्ति दिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

हत्या प्रयासपछि खुट्टामा गोली लागि घाइते भएका उनले आफ्नो उत्तराधिकारीमाथि आफुलाई मार्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएका हुन्। आन्तरिक मन्त्री सनाउल्लाहले भने आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताएका छन् । प्रधानमन्त्री शरीफले गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिएका छन् ।

खानको काफिलेमा भएको आक्रमणमा परि एकको ज्यान थियो भने कम्तिमा १० जना घाइते भएका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated