२ कार्तिक २०८३, सोमबार । October 19, 2026

आफुमाथिको हमलामा प्रधानमन्त्री शरीफको हात रहेको इमरानको आरोप


१९ कार्तिक २०७९, शनिबार  

9
Shares

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफुमाथि भएको आक्रमणमा प्रधानमन्त्री सेहबाज शरीफको हात रहेको आरोप लगाएका छन् ।

खानले शुक्रबार अप्रिलमा अविश्वासको मतपछि प्रधानमन्त्रीको रूपमा उनको स्थानमा आएका प्रधानमन्त्री सेहबाज शरीफ, आन्तरिक मन्त्री राणा सनाउल्लाह र एक वरिष्ठ सेना कमाण्डर उक्त षड्यन्त्रमा संलग्न रहेको अभिव्यक्ति दिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

हत्या प्रयासपछि खुट्टामा गोली लागि घाइते भएका उनले आफ्नो उत्तराधिकारीमाथि आफुलाई मार्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाएका हुन्। आन्तरिक मन्त्री सनाउल्लाहले भने आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताएका छन् । प्रधानमन्त्री शरीफले गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिएका छन् ।

खानको काफिलेमा भएको आक्रमणमा परि एकको ज्यान थियो भने कम्तिमा १० जना घाइते भएका थिए।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि