४ असार २०८३, बिहिबार । June 18, 2026

बङ्गलादेशमा लुटपाटको आरोपमा चार चिनियाँ पक्राउ


१८ कार्तिक २०७९, शुक्रबार  

9
Shares

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरिएको छ ।

ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको छ । चिनियाँ नागरिक ली वेन जिङ र उनका बङ्गलादेशी पति शाह जहाँगीरको सम्लग्नता रहेको हुनसक्ने प्रहरीले बताएको छ । यो दम्पतीले उत्तरा ३ नं.सेक्टरअन्तर्गत रोड ८ मा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।

जहाँगीरकी पत्नी ली वेन जिङले आफ्नो रेष्टुरेन्टका लागि चिनियाँ सामान आपूर्ति गरेबापत चेन योङ नाम गरेका व्यक्तिलाई ५० लाख बङ्गलादेशी टाका दिन तयार भएको बताएकी छन् । तर उत्तराको पश्चिमी प्रहरी स्टेशनमा दर्ता गरिएको मुद्दाअनुसार उनले अर्का चिनियाँ नागरिक जिलिनमार्फत यो सम्झौता गरेकी बताइएको छ ।

बुधबार साँझ जिलिन ली वेन जिङको रेष्टुरेन्टमा चेन योङलाई ५० लाख रुपैयाँ दिन पर्खिरहे पनि चेन याङ आउन ढिला गरेको र सोही दिन निकै पछि एक महिलासहित केही चिनियाँ नागरिकहरू चेन याङ प्रतिनिधिको नाममा रेस्टुरेन्टमा आएका थिए । उनीहरूले जिलिनलाई चेन याङले ५० लाख टाका जम्मा गर्न पठाएको बताएका थिए ।

जिलिनले चेन याङको उपस्थिति बिना पैसा दिन इन्कार गरेपनि उनीहरूले पैसा लिएर गएको बताइएको छ । ढाका महानगर प्रहरी (डीएमपीं) का उत्तरा डिभिजनका उपआयुक्त मोर्शेद आलमले राष्ट्रिय बङ्गला दैनिक समकललाई बताएअनुसार शहरको बारिधारा र उत्तरा क्षेत्रमा छापा मारेर चार जना चिनियाँ नागरिकलाई पक्राउ गरि अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा