१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

निर्वाचनमा सिमाना कडाइ गर्ने सम्बन्धमा दुई देशबीच छलफल



सुनसरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने सम्बन्धमा दुई देशका अधिकारीहरु बीच छलफल भएको छ ।

भारतसँग सीमाना जोडिएको नेपालको सुनसरी र सप्तरी जिल्लाका अधिकारीहरुले भारतीय पक्षसँग निर्वाचनको बेलामा अपनाउनुपर्ने सीमा शतर्कताको सम्बन्धमा छलफल गरेका हुन् । बिहीवार सुनसरीको तरहरामा भएको बैठकमा सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको नेपाली टोली र भारतको सुपौल जिल्लाको जिल्लाधिकारी कौशलकुमार लगायतको टोलीको सहभागिता रहेको थियो ।

बैठकमा निर्वाचनको बेला सीमामा हुनसक्ने अवैध क्रियाकलापलाई रोक्ने सम्बन्धमा छलफल भएको छ । छलफलपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले खुला सीमानाको बोर्डरबाट हुने अवैध क्रियाकलापलाई नियन्त्रण गर्ने सम्बन्धमा कुराकानी भएको बताए ।

उनले निर्वाचनको ७२ घण्टा अगाडीदेखि सीमा बन्द गर्ने विषयलाई कसरी कडाइका साथ पालना गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए । बैठकपछि भारतको सुपौल जिल्लाका जिल्लाधिकारी कौशलकुमारले नेपालको निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमामा आफूहरुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

उनले निर्वाचन हुनु ७२ घण्टा अगाडी बोर्डरमा कडाइ गर्न आफूहरु तयार रहेको र सोही अनुरुप तयारी गर्ने पनि बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम