२ बैशाख २०८२, मंगलबार । April 15, 2025

बैजनाथमा एकादशी मेलाको तयारी



बाँके । बाँकेको बैजनाथ गाउँपालिका– ६ लालपुरमा पौराणिक हरिबोधनी एकादशी मेलाको तयारी गरिएको छ ।

हरिबोधनी एकादशीको अवसरमा लोक संस्कृति जोगाउने उद्देश्यका साथ शुक्रबार पौराणिक एकादशी मेला आयोजना गरिएको मेला व्यवस्थापन मूल समिति संयोजक दिलबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार परापौराणिक कालदेखि महादेवा मेलाको रूपमा परिचित हरिबोधनी एकादशी लालपुर मेलामा पौराणिक लोक संस्कृतिलाई बचाउने उद्देश्यले स्थानीय पञ्चेबाजा, सिङ्गारु झ्याउरे, लहरे पैसेरी, ख्याली, मयुर नाचजस्ता सांस्कृतिक प्रस्तुति रहने छन् ।

मेला शुक्रबार बेलुका ६ बजे सुरु भई शनिबार दिउँसो १२ः०० बजेसम्म सञ्चालन हुनेछ । मेलालाई व्यवस्थित तवरले सम्पन्न गर्न मूलसमितिको मातहतमा रहने गरी आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, स्टल व्यवस्थापनलगायत विभिन्न उपसमिति गठन गरी कामको बाँडफाँड गरिएको मूल आयोजक कमिटी संयोजक विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई