१ आश्विन २०८३, बिहिबार । September 18, 2026

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह


१७ कार्तिक २०७९, बिहिबार  

6
Shares

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरेका हुन् । दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो । सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ ।

सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ । संयुक्त राष्ट्रसंङ्घ महासचिव गुटरेसले पनि सो क्षेत्रमा युद्धविरामको स्वागत गर्दै इथियोपियाली नागरिक र विश्व समुदायलाई यस कार्यको स्वागत गरी आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् । उनले टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताएका हुन्।

विश्व समुदायले पनि युद्ध विराम यहाँको पहिलो पाइला भएको भन्दै आगामी दिनमा यहाँ शान्ति स्थापना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् । बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरे क्षेत्रका विद्रोहीका तर्फबाट तोकिएका वार्ता टोलीका तर्फबाट एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि युद्धविराम गर्न सहमत भएको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ