२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

विश्वकप तयारीमा मारिएका कामदारलाई क्षतिपूर्ति दिन कतारको अस्वीकार


१६ कार्तिक २०७९, बुधबार  

6
Shares

एजेन्सी । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ ।

कतारका श्रममन्त्री अली बिन समिख अल मारीले लाखौं डलर तलब दिइसकेको बताउँदै खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोप लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यले उल्लेख गरेका छन् । मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताए ।

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन् । मानव अधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन् । कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ ।

फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा, मारीले भने “यो प्रस्ताव अव्यावहारिक थियो ।” यस पहिले गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद् भएपनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ